तपाईँ सुन्दै हुनुहुन्छः

उषाकिरण भण्डारी मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं। मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएकाे छ । आइतबार काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई अध्यक्ष चयन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे सो सम्मेलनले सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारीलाई चयन गर्दै ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

नयाँ कार्यसमिति यसप्रकार छ:

  • अध्यक्ष: उषाकिरण भण्डारी
  • सचिव: हस्त पण्डित
  • कोषाध्यक्ष: मिना भण्डारी

सदस्यहरू:
डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा. डा. प्रेम सागर चापागाईँ, प्रा. डा. ध्रुवबहादुर कार्की, प्रा. डा. नन्दबहादुर सिंह, डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, डा. भेषराज अधिकारी, प्रा. डा. बद्रिविशाल पोखरेल, डा. विमला राई पौडेल, डा. कैलाश भण्डारी, रामशरण प्याकुरेल, डा. कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाककोटी, राम प्रसाद न्यौपाने, ई. अमन कुमार मास्के, चिन्तन पाठक, ई. विनय के.सी., अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डा. सुरेश तिवारी र बलबहादुर आचार्य।

फाउन्डेसनले मदन भण्डारीको विचार, सिद्धान्त र योगदानलाई संस्थागत गर्दै सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button