तपाईँ सुन्दै हुनुहुन्छः

एक पुरुषको शव फेला

गोरखा । गोरखा सदरमुकामको एक जङ्गलमा एक पुरुषको शव फेला परेको छ ।

मृतक बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका २९ वर्षीय प्रेम गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । 

गुरुङको मृत शरीर गोरखा नगरपालिका वडा नम्बर ११ को १५ किलो क्षेत्रमा रहेको चारकुने जङ्गलमा फेला परेको हो । 

जङ्गलमा शव देखेपछि स्थानीयले गोरखा प्रहरीलाई खबर गरेका थिए । गोरखा सदरमुकामबाट गएको प्रहरीको टोलीले शवको साथमा रहेको मतदाता परिचय पत्र फेला परेको थियो । शवको पहिचान लगत्तै उनका आफन्तहरू समर्पकमा आएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

चार दिन अघिदेखि घरबाट निस्किएका गुरुङ आज बिहान चौतारी होटलको तल रहेको चारकुने जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button