तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकालाई छुट खोप दिइने

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वैशाख ३१ गते देखि नियमित खोपबाट छुट भएका २ वर्ष सम्मका बालबालिकालाई छुट खोप दिइने भएको छ ।

 आज चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा योजना आध्याधिक कार्यक्रमको नियमित खोप  सम्बन्धि समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा भोलीबाट स्वास्थ्यकर्मीलाई नियमित खोपबाट छुट भएका बालबालिकाको तथ्याङ्क  सकल गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी दिनुभयो  ।

भोलीबाट महिला स्वयंसेविका परिचालन, वैशाख १६ गते देखि खोप प्रदान गर्ने स्वास्थ्यकर्मी परिचालन गरि १९ गतेसम्म खोपबाट छुट भएको बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने शाखा प्रमुख चौधरीले बताउनुभयो ।

छुट खोपहरू जेई, एम आर, टिसिभी लगायत १३ प्रकारको रोग विरुद्ध खोप लगाइने छ । खासगरी विपन्न, दलित, ईटा भटामा रहेको बालबालिका तथा पछाडि परेको जातहरूमा रहेको बालबालिकालाई लगायत अन्य बालबालिकालाई छुट खोप प्रदान गरिने छ । कार्यक्रममा  नियमित खोपमा छुटेका बालबालिकालाई छुटेको खोप मात्रा के कसरी लगाउने विषयमा चर्चा गरिएको स्वास्थ्य शाखाका सह संयोजक मुकेश महतोले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले खोप कार्यक्रमले ठुलो महत्त्व बोकेको बताउनुभयो । मानिस अस्वस्थ्य भएमा पुनः गरिबीको चक्रमा फस्ने हुँदा खोपको माध्यमबाट चन्द्रनगरका नागरिकलाई स्वस्थ्य बनाउन स्वास्थ्यकर्मीलाई अध्यक्ष महतोले निर्देशन दिनुभयो । खोपबाट वञ्चित समुदायको बालबालिकालाई खोजेर भए पनि खोप लगाउन उहाँले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button