तपाईँ सुन्दै हुनुहुन्छः

सांसद माया राई पक्राउ, प्रहरीद्वारा संघीय संसदलाई जानकारी

काठमाडौँ। सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसद्लाई दिएको छ।सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा सो जानकारी गराएको हो ।

‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिवादी स्वर्ण लक्ष्मी बहु उदेश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा भागी फरा रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितबाट पक्राउ गरी यसका कार्यालयमा दाखिल हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button