तपाईँ सुन्दै हुनुहुन्छः

कश्मीर घटनापछि नेपाल–भारत सीमामा उच्च सतर्कता 

बाँके । भारतको कश्मीरमा पर्यटकहरूमाथि भएको आतङ्ककारी हमलापछि नेपाल–भारत नाका जमुनाहमा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै जाँचमा कडाइ गरेको छ ।

यहाँस्थित जमुनाहा नाकाबाट आवागमन गर्ने हरेक नेपाली र भारतीय नागरिकसँग सोधपुछ गरेर उनीहरूको परिचयपत्र हेरेर मात्रै आवागमन गर्न दिइएको भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बलले जनाएको छ । नाकाबाट आवागमन गर्ने सवारी साधनहरूमाथि पनि कडा निगरानी राखिएको र तालिम प्राप्त कुकुरहरूबाट जाँच गरेर मात्रै आवागमन गर्न दिइएको सशस्त्र सीमा बल एसएसबीका कमान्डेन्ट गङ्गासिंह उदावतले जानकारी दिनुभयो ।

उहाँले केन्द्रबाट नै सीमा नाकामा कडाइ गर्ने र आवागमन गर्ने हरेकमाथि कडा निगरानी गर्ने निर्देशन आएकाले सोही बमोजिम नाकामा कडाइ गर्नुका साथै गस्ती बढाइएको बताउनुभयो।

भारतको कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा एक जना नेपाली नागरिकसहित २८ जना पर्यटकको हत्या भएको थियो । सोही घटनापछि भारतले आफ्नो देशसँग सीमा जोडिएका सबै नाकामा हाइ अलर्ट र कडाइ सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button