रेडियो नेपालका भोजपुर संवाददाता कोइराला सम्मानित

भोजपुर । भोजपुरका अग्रज पत्रकार तथा रेडियो नेपालका संवाददाता निरोज कोइराला सम्मानित हुनुभएको छ ।
दुर्गम जिल्लामा रहेर बिगत २५ वर्षदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील भएर खेलेको भूमिकाको मूल्याङ्कन गर्दै कोशी प्रदेश स्तरीय ज्योतिषहरूको वास्तु सम्मेलन तथा जिल्ला अधिवेशनका क्रममा शनिवार नेपाल ज्योतिष परिषद् भोजपुरले पत्रकार कोइरालालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले पत्रकार कोइरालालाई सम्मानपत्र र मालाबाट सम्मान गर्नुभयो ।
वास्तु सम्मेलनमा पत्रकार कोइरालासहित शैक्षिक, धार्मिक, सामाजिक, कला संस्कृतिलगायतका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनु हुने व्यक्ति तथा संघ संस्थाहरूलाई समेत सम्मानपत्र तथा कदर पत्रबाट सम्मान गरिएको थियो ।
पत्रकार कोइराला हाल रेडियो नेपालसहित राष्ट्रिय समाचार समिति, हिलामलय टाइम्स दैनिक, मकालु टेलिभिजन लगायतका राष्ट्रिय सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्