तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना देखिँदैन : महासचिव गुरुङ

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको कुनै सम्भावना नदेखिएको बताउनुभएको छ । 

वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव गुरुङले बाहिर हल्ला फैलिए पनि अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुभयो । उहाँले छिनछिनमा सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरता तर्फ धकेल्नु भन्दा वर्तमान सरकारलाई नै निरन्तरता दिनु उत्तम उपाय भएको दाबी गर्नुभयो । 

देशमा जारी शिक्षक, कर्मचारी तथा डाक्टर लगायतका समस्याहरूको समाधानका लागि राष्ट्रिय सहमति भयो भने मात्रै सरकार परिवर्तन हुने उहाँको भनाइ थियो । 

गुरुङले देशमा राजा फर्किने भन्ने कुरा अस्वाभाविक र असान्दर्भिक मात्र नभई अव्यवहारिक समेत भइसकेको जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button