तपाईँ सुन्दै हुनुहुन्छः

एनएसएलको विजेताले ८० लाख रुपैयाँ पाउने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ पाउने भएको छ ।

आयोजक नेपाल स्पोट्र्स एण्ड इन्भेट म्यानेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशि घोषणा गरेको हो । दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ वृद्धि गरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल हुनेछ । ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल पुगेको हो ।

पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले धनगढी एफसीलाई हराउँदै फाइनलमा एक अर्कासँगको भेट पक्का गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button