तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा १ अर्ब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने 

पोखरा । पोखरा महानगरपालिका अन्तर्गत पोखरा–११, पोखरा–२१ र पोखरा–३३ मा स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

पोखराको काँहुडाँडा, कृष्ति, भरत पोखरी, निर्मल पोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको पोखरा महानगरले जनाएको छ । 

पोखराका मेयर धनराज आचार्य र सिनियर डीभिजनल इन्जिनियर कुल प्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका का.मु.आयोजना प्रमुख पदम बहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षहरूले हस्ताक्षर गर्नुभएको छ । 

तीन वटै परियोजनाको कुल लागत १ अरब ५२ करोड ७२ लाख ७ हजार ७ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button