चिकित्सकको आन्दोलनको कारण बिरामीलाई सास्ती

बीरगंज । नेपाल चिकित्सक सङ्घको आह्वानमा आज वीरगञ्जमा रहेका अस्पताल र क्लिनिकहरू बन्द हुँदा बिरामीहरूले सास्ती खेप्नुपरेको छ ।
आवासीय चिकित्सकहरूले निर्वाह भत्ता नपाएको र धम्की आएको विरोधमा यहाँका सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज र क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प बारेका छन् ।
नारायणी अस्पताल जस्तो ठूलो अस्पतालका साथै निजी अस्पताल र मेडिकल कलेजहरू समेत सेवा बन्द हुँदा उपचारका लागि वीरगन्ज आएका बिरामीहरू निराश भएर फर्कन बाध्य भएका छन् । डाक्टरहरूका निजी क्लिनिकहरू पनि आज खुलेका छैनन् ।
नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा.निरज सिंहका अनुसार आन्दोलनरत चिकित्सकहरूले आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
चिकित्सकहरूको आन्दोलनले बिरामीहरूलाई समस्या परेको छ भने कहिलेसम्म यो अवस्था रहने हो भन्ने अन्योलता छाएको छ ।
प्रतिक्रिया राख्नुहोस्