सडेको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेन
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ आँपखोला मुहानस्थित वनमा एक जना पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । तिलोत्तमा सामुदायिक वनमा सडे/गलेको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
शवको कङ्काल नजिकै हरियो, कालो र सेतो रङ्गको बाहुला भएको स्विटर, कालो र सेतो मसिनो धर्का भएको पाइन्ट र भित्र बुट्टा भएको कट्टु फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो । शव पहिचान गर्ने थप अनुसन्धान गर्ने काम भइरहेको प्रधानले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्