रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
रुकुम पूर्व । रुकुम पूर्व केन्द्रबिन्दु भएर आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ः३४ बजे रुकुम पूर्वलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको झड्का रुकुम पूर्वका विभिन्न स्थानसहित आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो ।
भूकम्पबाट अहिलेसम्म जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्