कैन्दीबन्दीलाई सिलाई कटाई तालिम
मुस्ताङ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाई कटाइ तालिम दिन सुरु गरिएको छ ।

पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यावसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाई कटाइ तालिम सञ्चालन गरिएको हो ।
पर्यटन तथा उद्योग कार्यालयको आर्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनशीले जानकारी दिनुभयो । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्रमुख सहनशीले बताउनुभयो ।
कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिला कटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा तालिमको आज उद्घाटन गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्