तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ । आज बिहान ८ बजेपछि शुरू भएको बैठक हालसम्म पनि जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

संसदको बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। यस अधिवेशनमा सरकार बजेटसहित विभिन्न विधेयकहरू छलफलमा ल्याउने तयारीमा छ। खासगरी विद्यालय शिक्षा विधेयक टुंग्याएर शिक्षकहरूको माग सम्बोधन गर्ने सरकारको प्राथमिकता रहेको बताइएको छ।

माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै माग पूरा नहुँदासम्म आन्दोलन नरोक्न अनुरोध गरिरहेको छ। पार्टीले संसदमा पनि शिक्षकहरूको माग र आन्दोलनको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रले बताएको छ।

आम जनतामा असन्तुष्टि र निराशा बढेको भन्दै ती विषयमा पनि माओवादी केन्द्रले संसदमा आवाज उठाउने तयारी गरेको छ। पार्टीको निष्कर्षअनुसार, सरकारलाई संसदमार्फत सचेत गराउने योजनामा माओवादी केन्द्र रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button