एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत भेटिए

सिन्धुपाल्चोक । ढुङ्गा झिक्ने क्रममा पहिरो झरी एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन् । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मङ्गलवार साँझ देखि सम्पर्कविहीन भएका थिए ।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्स्काभेटरको सहयोगमा ढुङ्गा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन् । सहचालक मेलम्ची–८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने हिजो घटना हुँदा भागेर ज्यान बचाएका छन् ।
बा.२ क. ९०५६ नम्बरको एक्स्काभेटर दुई सय मिटर माथिबाट झरेको र पूर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्