पठन संस्कृतिको विकास गर्न पुस्तक साटासाट
पोखरा । पोखरामा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

पोखरा क्षेत्रमा रहेका विभिन्न शैक्षिक संघ संस्थाहरूले शिक्षा र साहित्य क्षेत्रमा कार्यरत व्यक्तिहरू माझ विभिन्न ठाउँमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइएको हो ।
यसैक्रममा र्यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज (बुधवार) पोखरामा मनाएको हो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गर्नुभएको थियो ।
युनेस्कोले सन् १९९५ मा विश्वभरका लेखकलाई प्रेरित गर्दै लेखकको सम्मान स्वरूप हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो ।
विश्वभरिका शैक्षिक, व्यावसायिक तथा वाङ्मयिक संस्थाहरूले पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी आदि कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरेका छन् ।
पठन संस्कृतिको विकास गराउन उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष प्रभावीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्