निहुरो टिप्न गएका एक पुरुष मृत फेला
चितवन । कालिका नगरपालिका वडा नं–५, भीमवली सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको छ ।
कालिका–५, भीमवली सामुदायिक वनभित्र फेला परेको शव भरतपुर–११ नवजीवन टोल बस्ने ६० वर्षीय पञ्चलाल योन्जन रहेको उहाँका छोरा सूर्य योन्जनले सनाखत गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक घरबाट निहुरो टिप्न जान्छु भनी घरबाट निस्किएको भन्ने बुझिएको छ । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्