तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्रे गरिँदै

कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्रे गर्न सुरु भएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रेको काम सुरु भएको हो ।  “अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्न थालेका छौँ ”, आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भन्नुभयो । चालु आर्थिक वर्षभित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ । 

“सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ । नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौँ”, सुवेदीले भन्नुभयो । निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित रु ४८ करोडमा सडक निर्माणको  सम्झौता भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button