डोटीमा मिनि ट्रक दुर्घटना : चालकसहित तीन जनाको मृत्यु
डोटी । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान भएको मिनि ट्रक दुर्घटनामा चालकसहित तीन जनाको ज्यान गएको छ।
धनगढीबाट बझाङतर्फ खाद्यान्न र खुद्रा सामग्री बोकेर गइरहेको सु.प.प्र. ०१–००१ ख ३४२८ नम्बरको मिनि ट्रक बिहान ६:०५ बजे भिमदत्त राजमार्ग अन्तर्गतको सडकबाट झन्डै ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा परि मिनि ट्रकका चालक बझाङ बुङ्गल नगरपालिका–२, दहबगर निवासी करिब ३२/३३ वर्षीय अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा परी साेही ठाउँका अन्दाजी ४२/४३ वर्षीय उज्जल जाग्री, र अन्दाजी ४०/४१ वर्षीय जगत धामीकाे पनि ज्यान गएकाे छ। उनीहरू तीनै जनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिनि ट्रक अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया राख्नुहोस्