तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो पटक प्लानिङ ब्वाइज युनाइटेडले अंक बाँड्यो

काठमाडौँ । लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो पटक अंक बाँडेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मङ्गलवार प्लानिङ ब्वाइज ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यो बराबरीसँगै प्लानिङ ब्वाइजले सात खेलबाट १९ अंक जोडेको छ । ब्रिगेड समान खेलबाट अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । प्लानिङ ब्वाइजलाई श्री भगवती क्लबले १७ अङ्कका साथ पछ्याइ रहेको छ । यसैगरी अन्नपूर्ण क्लब (आरसिटी) र नयाँ बस्ती क्लब रेलिगेसन क्षेत्रमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button