तपाईँ सुन्दै हुनुहुन्छः

प्लास्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ। 

प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास  र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताउनुभयो ।  

महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उहाँले महानगरवासीलाई अनुरोध गर्नुभयो । उद्योग कलकारखानालाई   ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न  पनि विभाग प्रमुख राईले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button