तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आगामी परीक्षा सार्ने विषयमा निर्णय गर्न आज बिहान डाकिएको बैठक अहिले पनि जारी छ।

बैठकमा सहभागी बोर्डका एक सदस्यका अनुसार शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेका लागि तय भएको कक्षा १२ को परीक्षा हेरफेर गर्ने एजेन्डा बैठकको मुख्य विषय बनेको छ।

परीक्षा मिति नजिकिँदै जाँदा पनि शिक्षकको हडतालका कारण परीक्षासम्बन्धी आवश्यक तयारी कार्य, जस्तै अभिमुखीकरण लगायतका प्रक्रिया अघि बढ्न सकेका छैनन्। नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारीलगायत आफ्ना माग पुरा नभएसम्म परीक्षामा कुनै हालतमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ।

५ लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को परीक्षा सञ्चालनका लागि करिब २० हजार जनशक्तिको आवश्यकता पर्छ। परीक्षा सञ्चालनका लागि देशभर १,५९१ परीक्षा केन्द्र तोकिएको छ, जसमा जापानको एभरेष्ट स्कुल समेत पर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button