कालाबाङ्ग बुद्ध पार्कमा पर्यटकको घुइँचो
पोखरा । पोखरा २२ (पुम्दी-भुम्दी) मा नयाँ पर्यटकीय गन्तव्य थपिएसंगै पर्यटकहरुको भिडभाड सुरु भएको छ ।
पोखराको पृथ्बीचोक देखि १३ किलोमिटर नजिक, समुद्रि सतह देखि १ हजार ४ सय ६२ मिटरको उचाईमा रहेको कालाबाङ्ग घरेडी बुद्ध पार्क पोखरा २२ को नयाँ पर्यटकीय गन्तव्यमा जानेहरुको हिजोआज भिडभाड बढेको स्थानियले बताउनु भयो ।
स्थानियको सक्रियतामा सरकारी निकायको केही आर्थिक सहयोग तथा विभिन्न दाताको सहयोगमा कालाबाङ्ग सामुदायिक होमस्टे भन्दा माथिल्लो भागको डाँडा जहाँ चक्रहाल्ने तथा नियाले डाँडाबाट परिचित डाँडामा कालाबाङ्ग घरेडी बुद्ध पार्क निर्माण गरिएको कालाबाङ्ग घरेडी बुद्ध पार्क निर्माण समितिका अध्यक्ष युवा व्यवसायी राज गुरुङ (लाल) ले बताउनु भयो ।
पछिल्लो समयम पुम्दीकोट बिशाल महादेवको मुर्तिले जसरी चर्चा र धार्मिक एवं पर्यटकहरुलाई आकर्षण गरेको छ त्यसै गरी बौद्ध धर्मका भक्तहरुलााई सहित पर्यटकलाई आकषर्ण गर्न यस बुद्ध पार्कले सुरु गरेको उहाँले जनाउनु भयो । सार्वजनिक बिदाको दिनमा हजार देखि अन्य दिनमा ३÷४ सय जना पर्यटकहरु जान थालेसंगै पर्यटकको निकै भिडभाड हुन थालेको अध्यक्ष गुरुङले जनाउनु भयो । बुद्ध पार्कबाट माछापुच्छ««े, अन्नपूर्ण सहितका हिमश्रृखला देख्न सकिन्छ भने, पोखरा, फेवाताल, सराङकोट, स्याङजाको केही भाग सहितका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

धर्म गुरु कुण्डोल रिनपोक्षे द्धारा सहयोग प्राप्त भएको १५ फिट अग्लो शाक्यमुनिको बुद्ध मुर्ति उक्त स्थानमा प्रतिस्थापन गरिएको छ । करिब १० बर्ष अघिको भेटमा बुद्ध मूर्ति राख्न सकिन्छ की भन्ने धर्म गुरुसंग अध्यक्ष गुरुङले राखेको प्रस्तावमा उहाँले स्विकार्दै मुर्ति सहित स्तुपाः तथा साना आकृतिका बुद्ध मुर्तिहरु समेत सबै धर्म गुरुले नै व्यबस्थापन गर्नु भएको समितिले जनाएको छ ।
भारतको देह्रादुनमा मुर्ति निर्माण गरी केही समय अघि नै बुद्ध पार्कमा प्रतिस्थापना गरिएको छ । फाइवरबाट निर्माण गरिएको १५ फिटको उचाईमा रहेको उक्त मुर्ति हाल गोल्डेन कलरमा रंगरोगन सहित सिढीको बाटो निर्माणले पर्यटक तथा बौद्धमार्गीलाई आकर्षण गरेको अध्यक्ष गुरुङ बताउनु भयो । पहिलो चरणमा ५ करोडको परियोजना सफल पार्न पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर २२ स्थानिय बासि एवं विदेशबाट समेत सहयोग जुट्दै गरेको उहाँले उल्लेख गर्नुभयो ।
बुद्ध मुर्ति भन्दा तल्लो भागमा साँढे २ फिटको बुद्ध मुर्तिहरु रहेकोे गुरुङले जनाउनु भयो । १ सय ८ वटा सानो आकारको ११ इन्चको बुद्ध मुर्तिहरु रहेको उहाँले दगममजब उबचप लभधक जनाउनु भयो । त्यसको माथि स्यम्भुनाथ, नमोबुद्ध र बौद्धका ५७ वटा स्तुपाहरु समेत राखिएको छ । उक्त पार्कमा जानको लागि दुई तर्फी सिढि बाटो निर्माण सहित वरिपरी बृक्षारोपण सहित फुलका बिरुवाहरु रोप्ने कार्य जारी रहेको छ । दक्षिण तर्फको एक सय ८ सिढि निर्माण भएको छ भने काभ्रे स्थायी घर भई हाल पोखराको चिप्लेढुंगा निवासी यौमाया गुरुङले करिब ८ लाख मुल्य बराबरको गेट निर्माण गर्नुभएको हो । उक्त बुद्ध पार्कमा केही फिनिसिङ गर्न केही काम बाँकी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्