‘वर्तमान गठबन्धन अगामी आम निबार्चनसम्म जान्छ’
रसुवा | सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको अहिलेको सरकार चौरासीको आम निबार्चनसम्म जाने बताउनु भएको छ ।
रसुवाको सदरमुकाम धुन्चेमा आयोजित वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफि तथा ग्रामीण चलचित्र महोत्सव २०८२ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले कांग्रेस एमाले गठबन्धनमा केही समस्या नरहेको बताउनुभयो ।
मन्त्री गुरुङले यही सरकारले चौरासीको आम निर्वाचन गराउने र बहुमत आए एकल पार्टीको सरकार बन्ने र बहुमत नआएमा यसैगरि काँग्रेससँग पनि सरकार बनाउन सकिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्