‘सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ’
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशको जुम्ला जिल्ला स्थित कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षण पश्चात् मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका विद्यार्थी र जनसमुदायले वर्षौँदेखि भोग्दै आएका खानेपानी लगायतका विविध समस्याको आफूले समाधान गरेर छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जुम्लास्थित हेमा गाउँपालिका–१ देवार गाउँमा आइतबार आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन एवं खानेपानी क्षेत्रमा विद्यमान समस्या र त्यसका समाधानका उपाय पहिचान गर्नका लागि मन्त्री यादवसहित मन्त्रालयका सचिव इन्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठ लगायतको टोली आज जुम्ला पुगेको हो ।
प्रतिक्रिया राख्नुहोस्