तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन

काठमाडौँ । वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्तान विरुद्धको खेल वर्षाका कारण हुन नहुनेपछि अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।

यहाँस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज बिहान साढे ९ बजे खेल हुने तालिका थियो । तर वर्षाका कारण खेल समयमै हुन सकेछ । पानीले भिजेको मैदान सुकाउने काम भए पनि समय अभावका कारण खेल हुन सकेन । 

आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण थियो । दुवै टोलीले प्रतियोगितामा समान तीन/तीन खेल जितेका थिए । वर्षाले खेल प्रभावित भएपछि दुवै टोलीले समान एक/एक अङ्क बाँडे । दुवै टोलीसँग समान ७/७ अङ्क भए पनि रन रेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो । 

आइसिसी यू–१९ क्रिकेट विश्वकप वर्ष सन् २०२६ मा जिमबाबे र नामिबियामा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button