कोल्टिमा सांस्कृतिक महोत्सव सुरु
बाजुरा । बाजुराको पुर्वोत्तरी क्षेत्र कोल्टिमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।

स्टुडियो मालश्रीको आयोजनामा वैशाख १५ गतेसम्म सञ्चालन हुने गरी सांस्कृतिक महोत्सवको पूर्व स्वास्थ्य मन्त्री पदम गिरिले उद्घाटन गर्नुभयो । बाजुरामा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको पर्यटन प्रवर्द्धन, रैथाने बालीको उत्पादन, प्रचार प्रसार र संरक्षण तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको स्टुडियो मालश्रीका सञ्चालक एवम् वरिष्ठ सङ्गीतकार विनोद बाजुरालीले बताउनुभयो ।

महोत्सवमा बडिमालिका लगायत जिल्लाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलका फोटा र रैथाने बालिबाट उत्पादित विभिन्न परिकारहरूको प्रदर्शनी गरिनुका साथै तिनीहरूको उपयोगिताबारे प्रचार प्रसार गरिने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
प्रतिक्रिया राख्नुहोस्