तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात सवारी साधनको ठक्करबाट १ जनाको मृत्यु 

दाङ। दाङमा सडक दुर्घटनामा परी १ जना पुरुषको मृत्यु भएको छ । लमही घोराही सडकखण्ड अन्तरगत घोराही उपमहानगरपालिका–५  चौपट्टानजिक अज्ञात सवारी साधनको ठक्करबाट १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।  

मृत्यु हुनेमा लमही नगरपालिका–६ का ३३ वर्षीय खगेश्वर रावत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीदेखि लमहीतर्फ आउँदै गरेका रावतलाई अज्ञात सवारी साधनले ठक्कर दिएको प्रहरीको अनुमान छ । 

ठक्कर दिने सवारी साधनको खोजी व्यापक बनाइएको प्रहरीले जनाएको छ । केही दिनअघि बिरामी भई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भर्ना भएका रावत पिसाब फेर्न जान्छु भनि शुक्रबार राति प्रतिष्ठानबाट घर हिँडेको मृतकका भिनाजु उमेश डाँगीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button