तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी लोहनीलाई सञ्चारिका अग्रणी सम्मान

काठमाडौँ । सञ्चारिका अग्रणी सम्मान २०८०’ बाट पत्रकार उषा लोहनी र डा. हरिकला अधिकारीलाई प्रदान गरिएको छ ।

 सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनका अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुवै जनालाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । लोहनी  सार्वजनिक सेवा प्रसारण (रेडियो नेपाल)का वरिष्ठ पत्रकार हुनुहुन्छ । 

यस्तै, ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो । 

सञ्चारिकाले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । उहाँ जनकपुरको अप्पन टिभीमा कार्यरत हुनुहुन्छ।  

‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button