तपाईँ सुन्दै हुनुहुन्छः

प्लाइउड उद्योगमा आगलागी, करिब करोडको क्षति 

झापा । झापाको विर्तामोड– २ चैतुबारीमा रहेको रिद्धिसिद्धि प्लाइउड उद्योगमा आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ ।

गएराति ९ः३० बजेतिर सो उद्योगमा प्लाई सुकाउने ड्रायर मेसिन तातिएर आगलागी भएको हो । आगलागीबाट प्लाई सुकाउने मेसिन जल्दा अन्दाजी ९० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोली, स्थानीय, कामदार र विर्तामोड नगरपालिकाको दमकलको सहयोगमा एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button