दाङमा बस दुर्घटनामा मृत्यु भएकी महिलाको परिचय खुल्यो

दाङ । दाङमा बस दुर्घटनामा मृत्यु भएकी महिलाको परिचय खुलेको छ ।
बस दुर्घटनामा मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–३ झिङ्गनी निवासी पुष्पा नेपाली रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । उनको घटनास्थलमा नै बसले च्यापिएर मृत्यु भएको हो।
कृष्णनगरबाट तुलसीपुर आउँदै गरेको बस राप्ती गाउँपालिका–५ लठ्हवा नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । एक जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा हुँदा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादवको उपचारको क्रममा मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर १५ जनाभन्दा बढी घाईते भएका छन् । घाइते हुनेमा प्यूठान नगरपालिका–६ निवासी २७ बर्षिया मनिसा गुरुङ्ग, उनकी बहिनी भावना गुरुङ्ग, सोही ठाउँकी ९५ बर्षिया सुमित्रा गुरुङ्ग, लमही–४ की २४ बर्षिया रासु थापा, घोराही उपमहानगरपालिका–१० निवासी ४२ बर्षिय ललित वली, शिवराज नगरपालिकाकी २८ बर्षिया सरस्वती घर्तीमगर, उनकी चार महिनाकी छोरी रिया घर्ती, लमही–५ निवासी २५ बर्षिया संगिता जिसी, घोराही–५ निवासी ५० बर्षिया चोपिकला खत्री, सोही ठाउँका ५० बर्षिय बलबहादुर खत्री रहेका छन् ।
यस्तै शिवराज नगरपालिका–२ निवासी ४५ बर्षिया पिउमाली घर्ती, सोही ठाउँ निवासी २३ बर्षिया सवनम नाउ, प्यूठान नगरपालिका–३ निवासी ५ बर्षिय प्रभास गुरुङ्ग, लमही–५ निवासी २५ बर्षिय साहिद हुसेनलगायत घाईते भएको प्रहरीले जनाएको छ ।
घाइते १३ जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ भने दुई जना प्राथमिक उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्