गरिबी तथा अशिक्षाका कारण ग्रामीण क्षेत्रमा मोतियाविन्दु रोगीको सङ्ख्या उल्लेख्य
जनकपुरधाम । गरिबी तथा जनचेतनाका कारणले तराई मधेशका जिल्लाहरूमा मोतियाविन्दु जस्ता रोगको उपचार गर्नबाट वञ्चित हुनेको सङ्ख्या धेरै छ ।

कहिलेकहीँ विभिन्न सामाजिक संघ संस्था, सरकारी निकायले मोतियाविन्दुको निःशुल्क शिविरको आयोजना गर्दा गाउँ घरमा अत्यधिक सङ्ख्यामा मोतियाविन्दुका रोगीहरू फेला पर्ने गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको ग्रामीण वडाका रुपमा रहेको वडा नंं १६ ले वडा कार्यालयले कार्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा जाँचका लागि आउने मध्ये ३३ प्रतिशतमा मोतियाविन्दु फेला परेको छ ।
कूल १ सय ६२ जनाको आँखा परीक्षण गर्दा ६० जनामा मोतियाविन्दु भएको पाइएको छ । मोतियाविन्दु भएका सबै जनाको निःशुल्क रुपमा नै शल्यक्रिया आज गरिने वडाका वडाध्यक्ष रामचन्द्र पञ्जियारले जानकारी दिनु भएको हो । नेपाल रेडक्रस जानकी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको भएको छ ।
बढी उमेर, खेतमा बढी समयसम्म काम गर्ने र मधुमेह रोगका कारणले मोतियाविन्दु रोग हुने गरेको जानकी आँखा अस्पतालका प्रमुख एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. अशिष बोहोराले जानकारी दिनुभयो । समयमै मोतियाबिन्दुको शल्यक्रिया नगराइए फुटेर आँखाको नशामै समस्या आउने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्