तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् प्राधिकरणको ढल्केवर ग्रिडमा भएको आगलागीबाट १२ करोडको क्षति

जनकपुरधाम । धनुषाको ढल्केवरमा रहेको नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा बुधवार भएको आगलागीबाट १२ करोडको क्षति भएको छ ।

आगलागीबाट ढल्केवर ग्रिडको १ वटा ठूला अर्थात् १३२–३३ केभीको ट्रान्सफर्मर, २ वटा ३३ केभीको डोमेज ट्रान्सफर्मर र धेरै सङ्ख्याका कन्ट्रोल केवल जलेको ढल्केवर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले जानकारी दिनुभयो ।

नेपालकै ठुलोमध्येको ढल्केवर ग्रिडमा भएको आगलागीका कारण धनुषा, महोत्तरी तथा सर्लाहीको विद्युत् सेवा अवरुद्ध भएका थिए । अवरुद्ध भएका सबै स्थानमा हिजो दिउँसोबाट विद्युत् सुचारु भएको ढल्केवर ग्रिडले जनाएको छ । 

यसैबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ग्रिडको ट्रान्सफर्मर सहितका पूर्वाधारहरूको अवलोकन गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button