तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १२ को परीक्षा सञ्चालन  र एसइईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न आग्रह 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन  र एसइईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ ।

आफ्नो पेशागत हकहित र सुरक्षा सँगसँगै आफ्ना विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसाथ गर्दै पेशागत उत्तरदायित्वकै रुपमा उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सहयोग गर्न बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आज जारी गर्नुभएको अनुरोध पत्रमा अनुरोध गरिएको छ ।

कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखी शुरु हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button