अवरुद्ध राप्ती राजमार्ग सुचारु
सल्यान । अविरल वर्षा पछि आएको पहिरोले अवरुद्ध राप्ती राजमार्ग सुचारु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ कपुरकोट सडकखण्डको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै बिहीबार दिउँसो पहिरा खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।

सडक माथिबाट आएको पहिरोलाई मेसिनको माध्यमबाट हटाएपछि झन्डै २ घण्टा अवरुद्ध बनेको राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । घण्टौँ बिच बाटोमा रोकिएका सवारी साधन आ आफ्नो गन्तव्य तर्फ लागेको उहाँको भनाई छ । सडक स्तरवृद्धिको काम भइरहेकाले सानो पानी पर्दा पनि पहिरो खस्ने समस्या देखिएको प्रहरीको भनाई छ ।
कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा रहेको राप्ती राजमार्ग भएर सल्यान,रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पाका सवारी साधन आवतजावत गर्ने गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्