तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप टी २० क्रिकेट : अत्तरिया सेमिफाइनलमा प्रवेश

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत भोलि (बिहीबार) देखि सेमिफाइनलका खेलहरू हुने भएका छन् । 

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह चरणका खेलहरू सम्पन्न भएसँगै बिहीबारदेखि सेमिफाइनलका खेलहरू हुने भएको एकेडेमीले जनाएको छ । 

बिहीबार पहिलो सेमिफाइनल काठमाडौँ र हिमाल तथा दोस्रो सेमिफाइनल गण्डकी र अत्तरियाबिचमा हुने भएको छ । चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् । यस अघि समूह ‘ए’ बाट सिइसी काठमाडौँ, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थियो । 

यसैबिच बुधबार भएको खेलमा जित हासिल गरेसँगै अत्तरिया क्रिकेट एकेडेमी समूह ‘डी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । 

प्रतियोगितामा १ सय २५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १ सय २८ रन बनाउन सफल भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button