तपाईँ सुन्दै हुनुहुन्छः

१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह

झापा । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको व्यवस्थापनमा आज अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह गराइएको हो ।

वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको प्रमाणको आधारमा अभिभावकको उपस्थितिमा ती जोडीको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको  अर्जुनधारा जलेश्वरधाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

सामूहिक विवाहमा वर बधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरी, गाग्री–खड्कुँलासहित भाँडा–वर्तन र शुद्ध शाकाहारी प्रीतिभोजको व्यवस्थासमेत गरिएको गट्टानीको भनाइ छ ।

अर्जुनधारा धाम विकास समितिले अर्को वर्ष १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको अध्यक्ष गट्टानीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button