नेपालगञ्जको न्युरो अस्पतालद्वारा “भेरीकोज भेन”को पहिलो पटक ‘माइक्रोअब्लिगेशन प्रविधि’ बाट शल्यक्रिया

बाँके । नेपालगञ्जको न्यूरो अस्पतालले हालै भेरिकोज भेन रोगको शल्यक्रियामा आवश्यक प्रविधि माइक्रोवेभ अबिलेसनवाट सेवा सुरु गरेको छ ।
अस्पतालले रोल्पा माडी गाउँपालिका वडा नंं २ घर्तिगाउँकी गौमती घर्ती मगरको भेरिकोज भेनको सफल शल्यक्रिया गरी सो सेवा सुरु गरेको हो । वरिष्ठ कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. निरज भट्टराईको टोलीले सो शल्यक्रिया गरेको हो । चिकित्सकले यो प्रविधिबाट भेरिकोज भेनको शल्यक्रिया सेवा पश्चिम नेपालमै पहिलो भएको दाबी गरेका छन् ।
डा। निरज भट्टराईका अनुसार यो प्रविधि मार्फत कलेजो, हड्डी, मस्तिष्क तथा अन्य भागमा रहेका ट्युमरको शल्यक्रिया गर्नको लागि नेपालमा प्रयोग हुँदै आएको छ । तर माइक्रोवेभ अब्लिगेशन प्रविधिमा भेरिकोज भेनको शल्यक्रिया गर्न मिल्ने गरी प्रविधि थपिएकोले यो सबैभन्दा आधुनिक र पश्चिम नेपालमै पहिलो प्रविधि भएको डा।भट्टराईले दाबी गर्नु भयो ।
यस अघिको प्रविधिको तुलनामा यो प्रविधिबाट शल्यक्रिया गर्दा रोगको समस्या दोहोरिने, बिरामी उही दिन शल्यक्रिया गरी घर फर्किन सक्ने, पुरै बेहोस गर्न नपर्ने र अनावश्यक कोष तथा तन्तु नजल्ने जस्ता फाइदाहरू रहेको उहाँले जानकारी दिनु भयो । यो प्रविधिले नशाको जुन भाग जलाउन चाहेको त्यही माग मात्र जल्ने भएकोले शल्यक्रियापछि जटिलता आउँदैन र उपचारपछि ९८ प्रतिशत सफलता रहेकोले यसको उपयोग विकसित राष्ट्रमा बढी हुने गरेको डा।भट्टराईको भनाई थियो । डा।भट्टराईले भन्नुभयो,‘अन्य प्रविधिबाट भएका शल्यक्रियामा रोगे दोहोरिन्छ, यसमा ९८ प्रतिशत नदोहाेरिएको अध्ययनले देखाएको छ ।’
दिदी नाता पर्ने रश्मि बुढामगरले भन्नुभयो, ३७ वर्षीया गौमतीको देब्रे साइडको खुट्टामा नसा छाला बाहिरै गुजुल्टो अर्थात् फुलिएको थियो । रोल्पामा उपचार सम्भव नभएपछि थप उपचारका लागि घोराही पुगेको बताउनु भयो तर त्यहाँका चिकित्सकहरूले शल्यक्रिया गर्न सुझाव दिए पछि घोराहीबाट नेपालगन्जको न्युरो अस्पताल आइपुगे पछि चिकित्सकको सल्लाह बमोजिम सफलतापूर्वक लेजर प्रविधिबाट शल्यक्रिया गरियो । ‘शल्यक्रिया नगर्दा उठ्न बस्नै गाह्रो थियो । उहाँले भन्नुभयो,‘अहिले बहिनीको स्वास्थ्य अवस्था सुधार भएको छ ।’
नेपालमा कुल जनसङ्ख्याका ३० देखि ४० प्रतिशत मानिसहरूमा भेरिकोज भेनको समस्या हुन्छ । यो समस्या भएपछि बिरामीको छालामा दाग देखिने, हिँड्न नसक्ने, खुट्टा सुन्निने, दुख्ने जस्ता समस्या हुन्छ । यसको समयमै उपचार नभएमा अन्य जटिल समस्या हुन्छ । यो समस्या धेरैवेर उभिएर दैनिक काम गर्ने गृहिणी , सुरक्षाकर्मी, सेना, ट्राफिक,शिक्षक, भरिया, भान्छामा काम गर्ने सेफ, नर्स, शल्यचिकित्सक लगायतमा बढी हुने गरेको कन्सल्टेन्ट न्युरो सर्जन मस्तिष्क नशा तथा मेरुदण्ड रोग विशेषज्ञ डा। जोशन न्यौपानेले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्