महिलाहरूलाई अचार बनाउने तालिम
भोजपुर । स्थानीय स्तरमा रहेका महिलाहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ भोजपुर नगरपालिका–५, बोखिमले एकहप्ते अचार बनाउने तालिम सञ्चालन गरेको छ ।

वडाले आफ्नो आयोजनामा एक हप्ते अचार बनाउने सीप महिलाहरूलाई प्रदान गरेको हो । स्थानीय स्तरका श्रोत साधनको समुचित प्रयोग गर्दै बजारीकरण समेत गर्ने लक्षका साथ तालिम सञ्चालन गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो ।
१८ जनाको सहभागितामा सञ्चालित तालिमले स्थानीय स्तरका अमला, अकबरे खोर्सानी, पिँडालु लगायतका सामाग्रीहरूबाट पनि अचार बनाउने सीप प्रदान गरेको छ । सहभागीहरूलाई शकुन्तला प्याकुरेलले सहजीकरण गर्नुभएको थियो । उहाँले ग्रामीण क्षेत्रहरूमा यो तालिम प्रभावकारी हुने बताउनुभयो ।
तालिम पश्चात् महिला समूहहरू दर्ता गरेर अचार बनाउने कार्य सुरु गरिने वडाले जनाएको छ । उत्पादन भएको सामाग्रीहरू कोसेलीका रुपमा समेत बिक्री गर्ने र धैरै उत्पादन भएका जिल्ला बाहिर समेत पठाइने वडा सचिव अभिनाश राईले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्