तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषदको मङ्गलवार बसेको बैठकको निर्णय अनुसार सरकारले यही वैशाख  १२ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेपछि उहाँले १२ गते दिउँसो एक बजेका लागि अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button