तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति जोगाउँदै वैशाखभरि सिरुवा मेला

सुनसरी । सुनसरीको विभिन्न स्थानमा वैशाख मेला तथा सिरुवा मेला लाग्ने क्रम सुरु भएको छ । 

नयाँ वर्षको सुरुसगैं कोशी गाउँपालिका २ र भोक्राहा नरसिंह गाउँपालिका ३ को सलहेस मन्दिरमा तीन दिने सिरुवा मेला लागेको छ । 

सांस्कृतिक कार्यक्रम सहितको तीन दिने सिरुवा मेला लागेको सलहेस मेला समितिका संयोजक जुगेश्वर यादवले जानकारी दिनुभयो । 

मधेसी तथा थारु समुदायले आफ्नो मौलिक संस्कार र संस्कृति जोगाउँदै स्थानीय थान तथा मन्दिरमा पुजापास सहित नयाँ वर्षको पहिलो दिनदेखि वैशाखभरि नै सिरुवा मेला विभिन्न स्थानमा लगाउने गरेको जनाएको छ । 

चैत्रको अन्तिम साता थारुहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा (बाहिर) मनाउने गरेका र बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु भएको थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता गवनसिंह चौधरीले बताउनुभयो ।

सुनसरीको रामधुनीमा रहेको पाञ्चायन थानमा र कोशी गाउँपालिका २ पश्चिम कुशाहामा सलहेस थानमा वैशाख १ गतेदेखी तीन दिने मेला लागेसँगै सिरुवा मेला लाग्न सुरु  भएको छ । सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु भएको छ । 

त्यसैगरी इनरुवा ७ को चान्दबेलामा, बबिया, सतैरझोरा, इटहरी १६ मा जब्दी मेला , इनरुवाको भगवती मन्दिरको सिरुवा मेला सहित वैशाखभरि यहाँ ठुलो सिरुवा मेला लाग्ने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button