तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप क्रिकेट : अत्तरिया र मालपोखरी विजयी 

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय पुरुष टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत  अत्तरिया क्रिकेट एकेडेमी र मालपोखरी क्रिकेट क्लबले जित हासिल गरेका छन् । 

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको ११ औँ दिन मङ्गलवार समूह ‘डी’ तर्फ भएको पहिलो खेलमा अत्तरिया क्रिकेट एकेडेमीले होरिजोन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको हो । 

१४०  रनको विजयी लक्ष्य पाएको अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाउँदै १४१ रनको लक्ष्य पूरा गर्न सफल भयो । 

त्यसैगरी मालपोखरी क्रिकेट क्लबले सुन्दर हरैंचा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्‍यो । १ सय २९ रनको विजयी लक्ष्य पाएको मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३१  रन बनायो । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको सुन्दर हरैंचाले २० ओभरमा १ सय २८ रनको योगफल तयार पार्यो । 

२ खेलमा २ जित हासिल गरेको अत्तरिया ४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । २ खेलमा १ जित १ हार सहित २ अंक रहेको होरिजन रन रेटको आधारमा दोस्रो स्थानमा रहँदा मालपोखरी तेस्रो स्थानमा रहेको छ । सुन्दर हरैंचा २ खेलमा २ हार सहित तालिकाको पुछारमा रहेको छ । 

प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा भोलि –बुधबार) समूह डी कै खेल हुनेछन् । पहिलो खेलमा होरिजोनले सुन्दर हरैंचाको सामना गर्ने छ भने अत्तरिया र मालपोखरीबिच खेल हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button