तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button