तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा पर्यटक प्रहरी चौकी स्थापना

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भू स्वर्गको उपमा पाएको खप्तड र आसपासका क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुरक्षालाई मध्यनजर गर्दै डोटीको सिलगढीमा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा स्थापना गरिएको चौकीमा प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको नेतृत्वमा सात जना सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो । 

आज एक कार्यक्रमकाबीच चौकी उद्घाटन कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजि सिंह खडका र जिल्ला प्रहरी प्रमुख विनोद शर्माले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । 

पर्यटकहरूलाई सुरक्षित अनुभूति गराउने, दुर्व्यवहारबाट जोगाउने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा आवश्यक पर्दा गाइडको भूमिका समेत निर्वाह गर्ने उद्देश्यका साथ चौकी स्थापना गरिएको जनाएको छ। 

कार्यक्रममा बोल्दै नगर प्रमुख खडकाले पर्यटकको सुरक्षासँगै बसाइ लम्ब्याउने वातावरण तयार गर्न चौकीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button