तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षकहरुको मागका सम्बन्धमा सरकारका मन्त्रीहरुबीच छलफल

काठमाडौँ। नेपाल शिक्षक महासंघले राखेका मागहरु पूरा गर्ने सम्बन्धमा सरकारले गृहकार्य थालेको छ ।

औपचारिक वार्ता टोली बनाएर छलफल गर्न शिक्षा मन्त्रालयले गरेको आव्हान प्रभावकारी नभएपछि सरकारले उच्च स्तरीय छलफल गर्ने तयारी गरेको हो ।

यसका लागि श्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरोकारवाला मन्त्रालयका मन्त्रीहरुबीच आज छलफल भइरहेको छ ।

अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराईबीच शिक्षकका मागका सम्बन्धमा छलफल भएको हो ।

सरकारले आज पनि शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। तर शिक्षक महासंघले भने हिजो मात्र पदाधिकारी बैठक बसेर आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको थियो ।

महासंघले आन्दोलन थप सशक्त बनाउने, शैक्षिक गतिबिधि ठप्प पार्ने र कक्षा १२ को परीक्षामा समेत सहभागि नहुने निर्णय गरेसँगै आज सरकारका मन्त्रीहरुबीच छलफल भएको हो ।

महासंघको निर्णयले यही बैशाख ११ गतेदेखि शुरु हुने कक्षा १२ को एसएलसी परीक्षा प्रभावित हुने आशंका बढेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button