सौराहामा जीप पल्टिंँदा आठ पर्यटक घाईते

चितवन । चितवनको पर्यटकीय नगरी सौराहाका स्वदेशी पर्यटक बोकेको जीप पल्टिंँदा आज आठ जना घाइते भएका हुन् ।
जीप दुर्घटनामा परेर नयाँ बर्ष मनाउन सौराहा आएका पर्यटक घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सौराहाबाट कुमरोज सामुदायिक वनमा सफारीका लागि जाने क्रममा ना ४ च ३३५५ नम्बरको जीप सौराहास्थित नमुना सडकमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी लम्जुङ घर भएका विष्णु तामाङ, मनोज तामाङ, अर्जुन घले, लुलबहादुर घले, अनिलकुमार गुरुङ, मोतिजंग गुङरु, जीवनमाया ओली र संगिता सेढाई घाइते भएका थिए । घाइतेहरुलाई सौराहाको राज मेडिकल हलमा प्राथमिक उपचारपछि थप उपचारको लागि मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
पर्यटक बोकेको जीप तीब्र गतिका कारण दुर्घटनामा परेको हो । चालकको लापरबाहीका कारण नमुना सडकमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्