तपाईँ सुन्दै हुनुहुन्छः

ढालियो ५५ हात लामो योसिद्यः(लिङ्गो) 

भादगाउँ (भक्तपुर) । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचाँै दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६ बजेर ३२ मिनेटमा ढालिएको हो ।                                                                             

भैरवनाथको प्रतीक मानिने योसिंद्यःमा बाडिएको अष्टमात्रिकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ । 

योसिद्यःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विशेष पूजाआजा गरी यसीँख्योमा रहेको भैलखः र भद्रकालीको रथलाई गःहिटि पु¥याइ रथ जुधाउने जात्रा गर्ने परम्परा छ ।

यो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button