तपाईँ सुन्दै हुनुहुन्छः

घर बनाउँदा ५० प्रतिशत छुट सहितको नयाँ योजना सार्वजनिक

बाँके । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चौराहदेखि पश्चिम करिब ६ किलोमिटरमा रहेको कोहलपुर न्यू सिटीले ५ महिनाभित्र घर बनाउँदा ५० प्रतिशत छुट सहितको नयाँ योजना सार्वजनिक गरेको छ ।

कोहलपुर डेभलपर्स प्रा.लि.का व्यवस्थापक प्रमुख सुरेश आचार्यले २ तलासम्म घर निर्माण गर्दा त्यसमा लाग्ने सिमेन्ट र इट्टामा ५० प्रतिशतसम्म छुट दिने बताउनुभयो । ग्राहकले घडेरी खरिद गर्दा मालपोत कार्यालयमा तिर्नुपर्ने रजिष्ट्रेशन राजश्व र घडेरी खरिदको मूल्य ५० प्रतिशत बैङ्क फाइनान्स सुविधासहित नयाँ योजना ल्याएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।

कोहलपुर न्यू सिटीमा ५०० भन्दा माथि पूर्वाधारयुक्त घडेरी विकास भएको र सो क्षेत्रमा करिब १५० घडेरी बिक्री भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button