पर्यटन प्रवर्द्धनको उद्देश्यसहित मनाइयो नयाँ वर्ष
सर्लाही । चन्द्रनगरमा पर्यटन प्रवर्द्धन गर्न पत्रकार, जनप्रतिनिधि तथा सर्लाहीका सुरक्षा प्रमुखले नयाँ वर्ष मनाएका छन् ।
नेपाल पत्रकार महासङ्घ सर्लाहीको आयोजना तथा चन्द्रनगर गाउँपालिकाको समन्वयमा आज पत्रकार ,जनप्रतिनिधि तथा सर्लाहीका सुरक्षा प्रमुखले नयाँ वर्ष २०८२ को एक अर्कामा शुभकामना आदान प्रदान गरेका हुन् ।

‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ मुल नाराका साथ ऐतिहासिक नाढीमन तालको जिल्लाभरका पत्रकार, जनप्रतिनिधि तथा सर्लाहीका सुरक्षा प्रमुखले अवलोकन गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर लगायत अन्य पदाधिकारी, कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नेपाली सेना सर्लाहीका प्रमुख सूर्य बहादुर कार्की, सशस्त्र प्रहरी सर्लाहीका प्रमुख देव बहादुर चन्द, चन्द्रनगर गाउँपालिकाका वडाध्यक्षहरू, नागरिक समाजका अगुवा रजनीकान्त झा लगायतले पर्यटकको सङ्ख्या बढाउन नयाँ वर्षको शुभकामना आदानप्रदान गरि नयाँ वर्ष मनाएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष महतोले नाढीमन तालमा पर्यटक बढाउन सौन्दर्यीकरणको काम अघि बढाइएको बताउनुभयो । सौन्दर्यीकरणका लागि पौने ८ करोडको लागतमा काम सुरु भइसकेको उहाँले बताउनुभयो ।
नागरिक समाजका अगुवा रजनीकान्त झाले नाढीमन ताल अतिक्रमणको चपेटामा परेको हुँदा अतिक्रमण खाली गराई प्राकृतिक तालको सौन्दर्यीकरणमा उहाँले आग्रह गर्नुभयो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नाढीमन तालमा पर्यटकको सङ्ख्यामा वृद्धि गर्न गाउँपालिकालाई मास्टर प्लान बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्