नेपालमा राजतन्त्र कुनै हालतमा फर्कँदैन : नेता निधि
बारा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले राजतन्त्र कुनै हालतमा नफर्कने ठोकुवा गर्नुभएको छ ।
गढीमाई मन्दिरमा दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै निधिले नेपाली जनता सार्वभौमसत्ता सम्पन्न रहेको र देशको मालिक अहिले नेपाली जनता नै रहेको हुँदा राजतन्त्र फर्कने कुरा दिवा सपना मात्र भएको बताउनुभयो ।

केही समूहले मात्र बेमौसमको बाजा बजाएर राजा आउँछन् भने भ्रमको खेती गरिरहेको हुँदा भ्रममा नपर्न सबै नागरिकहरूलाई उहाँले आग्रह गर्नुभयो ।
अहिले सरकारलाई नेपाली काँग्रेसले ढाल्ने भने हल्ला निराधार र कपोलकल्पित रहेको निधिको भनाई रहेको थियो ।
नेपाली काँग्रेसको १५ औँ महाअधिवेशन २०८३ सालमा हुने कुरामा शङ्का नगर्न उहाँले आग्रह गर्नुभयो ।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले गढीमाई मन्दिरको मायाको चिनो नेता निधिलाई प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्